पत्रकार लामिछानेले पुडासैनी मृत्युबारे कार्यक्रम चलाउन नपाउने, विदेश जान अदालतको स्वीकृती लिनुपर्ने

भाद्र ९,  चितवन । माउन्टेन टेलिभिजनका पत्रकार  शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका सिधाकुरा  प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् ।  

साथै उनले विदेश जाँदा अदालतको स्वीकृती लिनुपर्ने भएको छ  । 

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले पत्रकार रबि  लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेर रिहा गरेको हो । भने  अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने शुद्द  तारेखमा रिहा गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *