बस र मोटरसाइकल ठोक्किँदा २ मृत्यु

पुष २, राँझा । बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ । 

मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । 

सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा १क ४४९५ नंको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु ४३ प ९५९९ नं. को मोटरसाइकल एक–आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । मृत्यु हुने दुवै जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमा नै उनीहरुके मृत्यु भएको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *