मैँले पहिले बोल्नुपर्छ भनेर देउवाजी वेल घेर्न जानुभयोः प्रधानमन्त्री

 

असार ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार देखाएकोे टिप्पणी गरेका छन् । 

संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसबारे यस्तो टिप्पणी गरेका हुन् । 

null

पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार कांग्रेसले प्रदर्शन गर्यो । मेरा मित्र शेरबहादुर देउवाजीले प्रधानमन्त्रीले होइन मैँले पहिले बोल्नुपर्छ भनेर वेल घेर्न जानुभयो । म आश्चर्यचकित भएँ, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने !’ 

प्रम ओलीले लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, विपक्षी दलका नेताले र त्यसपछि वरिताक्रममा बोल्ने अन्तर्राष्ट्रिय प्रचलन हुने गरेको स्पष्ट पार्दै कांग्रेसले हरेक कुरामा निहुँ खोज्ने गरेको बताए । 

आज संसदमा कांग्रेसले आफूले पहिले बोल्न पाउनुपर्ने भन्दै नाराबाजी गरी अवरोध सिर्जना गरेपछि प्रधानमन्त्रीले बोल्न पाएका थिएनन् । संसदमा आफ्नो धारणा राख्न नपाएका प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा अवरोधमाथि कडा प्रतिक्रिया दिँदै अति दक्षिणपन्थी प्रतिक्रियावादी र अति वामपन्थी उग्रपन्थीहरु हालको व्यवस्था उल्ट्याउन लागिपरेको आरोप समेत लगाए । 

‘घोर दक्षिण देखि घोर वामपन्थी सम्म। अति दक्षिणपन्थी देखि अति वामपन्थी सम्म एकजुट भएको देखिन्छ । तर समृद्धिको यात्रा रोकिँदैन। यो सरकार अगाडि बढ्छ’, उनले भने । 

उनले गुठी विधेयक गुठी संस्थानहरूको संरक्षणका लागि ल्याइएको पनि जानकारी दिए । उनले भने, ‘गुठी ऐन लिइएको सम्पदा र संस्कृतिको संरक्षणका लागि हो। गुठीहरू हिनामिना नभई सञ्चालन हुन पाउन भनेर हो । तर यहाँ भ्रम छरियो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *