ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

 

बैशाख ९, दाङ । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा३प ७९५ नम्बरको मोटरसाइकल लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । 

null

दुर्घटनामा मृत्यु हुनेमा लमही नगरपालिका–७ उचानिम्बु का २२ वर्षीय लालु चौधरी रहेका छन् । 

यस्तै घाइते लमही नगरपालिका–७ उचानिम्बुकै १६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका–३ मजगाउँ बस्ने १३ वर्षीय प्रकाश घर्तीमगर बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *