राज्यले संरक्षण गरेको निर्मलाका हत्यारालाई हामी तह लगाउँछौँः प्रकाण्ड

 

मंसिर १८, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मलाका हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । 

मंगलबार गृहजिल्ला कालिकोट पुगेका प्रकाण्डले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई आफूले कारबाही गर्ने बताएका हुन् । 

null

आफ्नो पार्टीले बुधबार मान्मामा गर्न लागेको जनसभामा सहभागी हुन मंगलबार गृहजिल्ला पुगेका प्रकाण्डले भने, ‘चार महिना बितिसक्दा पनि तत्कालीन सरकारले निर्मलाका हत्यारालाई कारबाही गर्न सकेन । अब हामी गरेर देखाउँछौँ ।’ 

उनले अपराधीलाई सरकारले नै संरक्षण गरेको बताउँदै राज्यले संरक्षण गरेको चेलीको अस्मिता लुट्ने गुण्डालाई आफूहरुले तह लगाउने दाबी गरे । त्यस्तै प्रकाण्डले विवादस्पद एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री सहभागी हुनु गलत भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *