साँढे दुई किलो सुनसहित रसुवाबाट ६ जना पक्राउ

माघ १३, काठमाडौं । साँढे दुई किलो सुनसहित रसुवाको टिमुरेबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । रसुवागढीबाट काठमाडौं आउँदै गरेको ना १ झ ३५४२ नम्बरको गाडीमा रहेको साँढे दुई किलो सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  । 

सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ साँङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी–५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ रहेको प्रहरीले बताएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *