बसमा चारओटा पेट्रोलबम प्रहार, एकजना घाइते

कपिलवस्तु, असार २७ । कपिलवस्तुमा मंगलबार बसमाथि पेट्रोलबम प्रहार भएको छ । काठमाडौंबाट बाँकेतर्फ जाँदै गरेको ना५ख ८९४८ नम्बरको बसलाई प्रहरीले स्कर्टिङ गर्नेक्रममा शिवराज नगरपालिका–१ धनखोलामा विप्लव माओवादीका कार्यकर्ताहरुले पेट्रोलबम प्रहार गरेको जनाइएको छ ।

बम प्रहारबाट बाँके, नरैनापुर गाउँपालिका–१ का ६५ वर्षीय कमरुदिन जोलहा घाइते भएका छन् । आक्रमणकारीले बसमा चारओटा पेट्रोलबम प्रहार गरेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भटाराईले जानकारी दिए ।

बम प्रहार गर्नेहरुको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । विप्लव माओवादीले मंगलबार नेपाल बन्द आह्वान गरेको थियो । जसको केही जिल्लामा आंशिक प्रभाव परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *