इडेन एकेडेमीले धरान र इटहरीमा शैक्षिक मेला गर्दै

भदौ ७, काठमाडौँ । इडेन एकेडेमी कन्सल्टेन्सी धरानले यही भाद्र ८ र ९ गते धरान र इटहरीमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । कन्सल्टेन्सीले शुक्रबार धरानमा पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रमको आयोजना गरी विभिन्न देश तथा कलेजका प्रतिनिधिहरुको उपस्थितिमा ’इडेन एडु फेयर २०१९’ शैक्षिक मेला गर्न लागेको जानकारी दिएको हो ।  

एकेडेमीले भाद्र ८ गते धरान स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा शैक्षिक मेला गर्ने भएको छ भने ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा गर्नेछ । शैक्षिक मेलाको सम्पुर्ण तयारी पुरा भएको कन्सल्टेन्सीका प्रमुख मोहन तिगेलाले बताए । उक्त शैक्षिक मेलामा ५ देश अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिका र भारतका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।  

इडेन एकेडेमीले धरानमा विगत ११ बर्षदेखि बैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थीहरुका लागि शैक्षिक परामर्श गर्दै आईरहेको छ । इडेन एकेडेकमीका प्रमुख मोहन तिगेलाले एर्बोड स्टडीमा जान चाहने विद्यार्थी अहिले शैक्षिक परामर्शकै लागि भनेर राजधानी जानुपर्ने बाध्यता हटेको बताए । ‘पछिल्लो समय मोफसलमा पनि गुणस्तरीय र नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्थाहरु खुलेका छन् ।  

हामी पनि नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता लिएर सञ्चालनमा आएका हौं, अर्बोड स्टडीमा जाने सोच बनाएका विद्यार्थीलाई सबै खाले काउन्सेलिङ तथा परामर्श दिन सक्षम छौं ।’ उनले भने । शैक्षिक मेलामा बैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थिहरुको लागि उनीहरु जान चाहेको देश, त्यहाँका विश्वविद्यालय, कलेज त्यहाँको रहनसहन, कानुनी तथा शैक्षिक प्रक्रियाका बारेमा जानरी दिइनेछ ।  

शैक्षिक मेलामा ७ बटा बिश्वबिद्यालय र कलेजहरुको बारेमा विद्यार्थीले मान्यता प्राप्त काउन्सलरबाट जानकारी हासिल गर्नुका साथै उनीहरुबाट करियर काउन्सेलिङ समेत लिन सक्नेछन् । पत्रकार सम्मेलनमा धरानबाट पत्रकारिता गरीरहेका संचारकर्मीहरुलाई सम्मान पनि गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *