दिल्लीमा आगलागीमा परि मर्नेको संख्या ४० नाघ्यो

मंसिर २२, काठमाडौं । भारतको राजधानी  दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा ज्यान गुमाउनेहको सङ्ख्या ४० नाघेको अधिकारीहरूले जनाएका छन्। दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ६३ जनालाई घटनास्थलबाट निकालिएको र ती मध्ये ४३ जनाको मृत्यु भएको जानकारी दिए। 

लोक नायक अस्पतालकी डा. रितु सक्सेनाले बीबीसीलाई बताए अनुसार कैयौँ घाइतेहरूको उपचार भइरहेको छ। घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०१० लाख भारु दिने घोषणा गरेका छन्। 

घाइतेहरूको उपचार गरिने र उनीहरूलाई पनि एक(एक लाख राहत रकम दिने उनको भनाइ छ। दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको छ तल्ले भवनमा बिहान सबेरै आगो लागेको हो। 

null

कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्। 

आगो नियन्त्रणमा 

प्रमुख गर्गका अनुसार उद्धार कार्य जारी छ। उनले भने, ‘साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान सकिरहेका छैनन्। त्यसैले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेका छन्।’ 

घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए। उक्त भवनमा प्लास्टिकका खेलौना बनाउने गरिएको बताइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *