अशोक लेलैण्डको ‘मेगामन्सुन फ्रि चेकअप क्याम्प अफर’

 

असार ३०, काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगामन्सुन फ्रि चेकअप क्याम्प अफर’ देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकहरुमाझ ल्याएको छ । 

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रीत गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५%, ल्युबमा १०%,लेबर शुल्क, ३०% साथै ३०% च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले जानकारी गराएको छ । 

null

फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरुका साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु पनि ग्राहकले प्राप्त गर्न सक्नेछन् । 

यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । यो योजना नेपाल अधिराज्यभरी असार ३० गते देखि साउन ०५ सम्म मात्र लागु हुनेछ । 

साथै सर्भिसिङ्गमा छुट कुपनहरु भदौ ५ गतेसम्म लागु हुने आइएमई मोटर्स प्रालिले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *