सरकारी कार्यालयमा दलाल सलबलाएः आइजिपी खनाल

 

जेठ ३१, काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सरकारी कार्यालयहरुमा पनि दलाल सलबलाएको बताएका छन् । 

शुक्रबार राजधानीको बसुन्धरामा आयोजित ३ नम्बर प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मलेनमा बोल्दै आइजिपी खनालले सो कुरा बताएका हुन् । 

null

ती सबै दलाललाई कारवाही गर्ने बताउँदै आइजिपी खनालले भने, ‘केही दलालहरु नेपाल प्रहरीमा मात्र होइन, सरकारी वकिलदेखि महान्याधिवक्ताको कार्यालय र अन्य सरकारी कार्यालयहरुमा प्रभाव जमाउन सलबलाएका छन् । यिनीहरुलाई निमिट्यान्न पार्नुपर्छ। नेपाल प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु गर्छ।’ 

कार्यक्रममा उनले प्रहरी संगठन केही घटनाका कारण बदनाम हुनुपरेको प्रसंग निकाल्दै बद्नियतपूर्वक गरिएका काममा छुट नहुने बताए। 

‘कामको सिलसिलमा हुने व्यावहारिक त्रुटिलाई केही छुट हुन सक्छ तर बद्नियतपूर्वक गरिएका काममा छुट हुँदैन । एकाध घटनाले गर्दा सिंगो संगठनको छवि नै धुमिल हुने अवस्था आउनु हुँदैन।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *