नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन विवेकशील नेपालीको माग

 

फागुन १६, काठमाडौँ । विवेकशील नेपाली पार्टीले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ । 

सो पार्टीका प्रवक्ता मिलन पाण्डेले शोक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनको घटनाले विवेकशील नेपाली दल स्तब्ध भएको उल्लेख गरेका छन् । 

null

दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै यसरी बाम्बार भइरहेको हवाई दुर्घटनालाई न्यून गरी नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन गम्भीरतापूर्वक आवश्यक कदम चाल्नसमेत विवेकशीलले सरकारसमक्ष माग गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *