राजधानी गेष्ट हाउसबाट ६ केजी चरेससहित अंसारी पक्राउ

चैत्र ४ काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको कंलकीबाट लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी बृत्त कालीमाटी र प्रहरी प्रभाग कंलकीको टोलीले अवैध लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी रूगंम कुवँरका अनुसार पक्राउ पर्नेमा दिलावरपुर दरभंगा विहारका अनवर अलप अंसारी रहेका छन् । 

डिएसपी कुवँरका अनुसार विशेष सुचनाको आधारमा राजधानी गेष्ट हाउसवाट ६ केजी १५० ग्राम लागुऔषध चरेससहित नियन्त्रणमा लिएको बताए । पक्राउ परेका अंसारीलाई कालीमाटी बृत्तमा राखिएको छ । उनलाई भोली जिल्ला अदालतबाट म्याद थप गरि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *