“पिया को भोजपुरी गीत “”धन धन सत गुरु”” बजाउन रोक”
“
काठमाडौं, असार २८ । भोजपुरी गायक प्रमोद पिया सहनीको स्वरमा सजाईएको गिति एल्बम ‘भतार जय गुरुदेव भईले’ को गीत बजाउन जय गुरुदेव तथा सत गुरु धर्मावलम्बीहरु द्धारा रोक लगाईएको छ ।
एक दर्जन भन्दा बढी गीति एल्बम गरिसकेका पियाले यस एल्बममा धर्मको आडमा बसेर गर्दै आएका कुरितीहरुलाई खुलासा गरेका छन्। ललित अग्रवालको निर्माण तथा फूल कुमार द्वारा निर्देशित यस एल्बममा सहनी दिपेन्द्र तथा गुंजेश यादवको गीत रहेको छ ।
यस एल्बममा रहेको “”धन धन सत गुरु”” बोलको गीतमा सहनीले समाजमा धर्मको आडमा रहेर गर्दै आएको नराम्रो कामहरु आफ्नो शब्द द्धारा दर्शाएका छन्।
पियाको गाउँमा बस्ने केही जय गुरुदेव तथा सत गुरु धर्म मान्नेहरुले गीतमा अश्लिल शब्दको प्रयोग भएको र हामीहरुलाई बदनाम गरेको भन्दै झुटो आरोप लगाएको पियाले बताए। पिया अनुसार यति मात्र होईन रौतहटको बंकुल बजारमा रहेको माँ शार्दे रिकार्डिङ्ग स्टुडियोमा तोडफोड गरेको तथा गायक पियालाई मार्न समेत धम्की दिएको कुरा बताए।
सहनीले लेखेको “”धन धन सत गुरु”” बोलको गीतलाई सामाजिक संजालमा ९० लाख भन्दा बढी श्रोताहरुले मन पराएको र अहिले पनि बजारमा चारैतिर बजिरहेको यस एल्बमको मार्केटर अमित कुमार आर्याले बताए।
“”धन्यवाद छ ‘प्रमोद पिया’ तथा लेखक ‘दिपेन्द्र सहनी’ सरलाई यस्तै समाजमा भएको नराम्रा कामहरुलाई आफ्नो गीतको माध्यमबाट दर्साई बिकृतिहरुलाई हटाउने प्रयासका साथै अगाडि बढ्दै गर्नुस हामीहरु तपाईहको साथमा छौँ”” भने पियाको अनुसार श्रोताहरुको भनाई रहेको छ।
“