डलर अहिलेसम्मकै महँगो
मकालु खबर
२०७६ चैत ८ गते
चैत ८, काठमाडौं । कोरोना भाइरसका कारण अमेरिकी डलरको मूल्य निरन्तर बढेर १२० रुपैयाँ ६८ पैसा पुगेको छ ।
२०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न ११९ रुपैयाँसम्म तिर्नुपरेको थियो । त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो तर, पछिल्लो समय पुनः डलर बलियो हुन पुगेको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आजका लागि एक डलरको खरिददर १२० रुपैयाँ ८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ । कोरोना भाइरसको डर त्रासका कारण डलर किनेर राख्न थालेपछि महँगो हुन पुगेको हो ।
null
नेपाली रुपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान महँगो पर्ने भएको छ । डलर बलियो भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ ।
मकालु खबर
२०७६ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित