विमानस्थलबाट ७ करोड बढी नक्कली भारुसहित ६ जना पक्राउ
जेठ १०, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भारु ७ करोड भन्दा बढी रकमसहित ६ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो प्रहरीले विमानस्थलबाट नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो ।
null
पक्राउ पर्नेमा पाकिस्तानी नागरिकमा नासिर उद्दिन, मोहमत अतर र नादिया अम्बर रहेका छन् । उनीहरुसँगै युनुस अन्सारीसहित ३ जना नेपाली पनि पक्राउ परेका छन् । पाकिस्तानीलाई लिनका लागि ३ नेपाली विमानस्थल पुगेका थिए ।
युनिस अन्सारी पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा हुन् । नेसनल टेलिभिजनका सञ्चालकसमेत थिए युनिस । उनी यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् । प्रहरीले पक्राउ परेको सूचना अघि नै जारी गरिसकेको थियो । दुई वटा व्रिफ केसमा बरामद नोट भने गणना गरेपछि मात्रै परिणाम सार्वजनिक गरेको हो ।
उनीहरु कतार एयरवेजबाट पाकिस्तानबाट नेपाल आएको प्रहरीले जनाएको छ ।