संक्रमितको सम्पर्कमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ

वैशाख ८, चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ का दुईजना संक्रमितसँग नजिक रहेकाहरुको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको छ । 

बेलायतबाट आएका आमा छोरामा कोरोना देखिएपछि उनीहरुसँग नजिक रहेका आफन्तहरु र अन्य गरि ८ जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् । 

८ जनाको हिजो स्वाब संकलन गरि पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । सबैजना सचेत हुनुपर्ने तर त्रसित नहुन मेयर बरालले आग्रह गरिन् । 

World Health Organization declares coronavirus outbreak as ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *