बंगलादेशी दुताबासले बुझ्यो २३ शव
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौं, चैत ५ । युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशका नागरिकको शव काठमाडौंमा रहेको दूतावासले बुझेको छ । बंगलादेशी दूतावासले सोमबार बिहान २३ शव बुझेको हो ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि पहिचान भएका आफ्ना नागरिकका २३ शव दूतावासले बुझेको हो । ती शव कफिनमा राखेर दूतावासले नै बंगलादेश पठाउने छ ।
चालक दलका सदस्यसहित ७१ जना सवार युए बंगलाको विमान गएको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा दुर्घटनामा परेको थियो ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया