सिटिजन्स बैंकद्वारा तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई सहयोग

फागुन ८, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिका स्थित श्री तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई आर्थिक सहयोग गरेको छ ।   

यस बैंकले आफ्नो सामाजिक उतरदायित्व पुरा गदैँ यस विद्यालयलाई  साठी हजार आर्थिक सहयोग गरेको हो ।   

विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण छ । यस विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ। 

 यस किसिमको सहयोगले शैक्षिक सामाग्रीको अभावमा पठन पाठनमा भई रहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *