विप्लवका कार्यकर्ता नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

 

जेठ ७, काठमाडौं । भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । 

भोजपुरको ट्याम्के महिम गाउँपालिकामा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा विप्लव माओवादीका कार्यकर्ता भोजपुरको षडानन्द नगरपालिकाका ३२ वर्षीय तिर्थराज घिमिरे घाइते भएका हुन् । 

null

घाइते घिमिरेको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरिक्षक पान्डव कुमार राजवंशीले जानकारी दिए । उनका अनुसार घोत्रेखानी जंगलमा १०–१५ जना हतियारधारी विप्लव समूह रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उनीहरुले कम्मरको पेस्तोल निकालेर गोली हान्न खोज्दा जवाफी कारबाही गरिएको हो । 

प्रहरीले घिमिरेको साथबाट एक थान पेस्तोल, पाँच राउन्ड गोली र अन्य विस्फोटक सामग्री बरामद गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *