खेती प्रणालीमा सुधार्न कृषि पाठशाला

 

चैत्र २७, चितवन । चितवनको रत्ननगर नगरपालिकाले खेती प्रणालीमा सुधार गर्न किसानलाई कृषि सम्वन्धी पाठशाला संचालन गर्ने भएको छ । कृषि उत्पादन बृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले खेति प्रणालीमा सुधार गर्न लागेको मेयर नारायण वनले बताए । 

परम्परागत खेती प्रणाली अनुसार कृषि कर्म गर्दा लगानी नउठ्ने र उत्पादन पनि कम हुने भएकाले आधुनिक कृषि प्रणाली अबलम्बन गर्न लागिएको मेयर वनले बताए । कृषिमा आधुनिक प्रविधिका प्रयोग गर्दै किसानलाई आधुनिक खेती गर्ने तरिका नगरपालिकाले सिकाउदै छ । थोरै लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने गरी किसानलाई खेती गर्ने तरिका सिकाउदै छौं मेयर वनले भने – यसले उत्पादन बढाउछ,किसानलाई आत्मनिर्भर पनि बनाउछ । 

null

त्यसका लागि नगरपालिकाले तीन वटा वडाका ५७ जना किसानलाई पहिलो चरणमा आधुनिक खेति गर्न सिकाउन कृषि पाठशाला सञ्चालन सुरु गर्न लागेको हो । नगरपालिकाले विशेष गरी आइपिएम खेती पद्दतीलाई जोड दिँदै छ । खेति प्रणालीलाई आइपियम पद्धतीमा विकास गरी आधुनिक खेति प्रणाली अबलम्वन गर्ने योजना रहेको मेयर वनको भनाई छ । 

पहिलो चरणमा वडा नं ३,१२ र १३ मा कृषि समह मार्फत कृषि पाठशला सुरु गर्ने योजना रहेको आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराईले जानकारी दिए । आइपियम कृषि पाठशाला सुरु गर्ने वडामा आर्थिक विकास समितिले स्थलगत अनुगमन समेत गरेको छ । समितिका संयोजक भट्टराईको नेतृत्वमा कृषि तथा पशु विकास शाखा प्रमुख शालिग्राम पौडेल,कार्यपालिकाका सदस्य तथा समितिका सदस्य सरस्वती लामा,भोलादेवी गौडेल,समिति सदस्य रमा भट्टराई लगायतको टोलीले अनुगमन गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *