काभ्रेका युवामा देखिएन कोरोना पोजेटिभ

बैशाख ४, धुलिखेल । काभ्रेमा आरडिटी टेस्ट पोजिटिभ देखिएका दुई युवाहरुको स्वाबको पिसिआरबाट परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ ।   

उनीहरुको नमूना संकलन गरी धुलिखेल अस्पतालमा परीक्षण गरिएको थियो । दुवै जना धुलिखेल अस्पतालको आइसोलेसनमा छन् । 

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोना संक्रमण पुष्टी भएका सनसिटी अपार्टमेन्टबाट धुलिखेल आएका एक व्यक्तिमा पनि कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।   

 Pic-Google 

काभ्रे बेथानचोक –५ का २८ बर्षीय युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए । गाउँपालिकामा १० शैय्याको क्वारेन्टाइन निर्माण भएपनि उनी होम क्वारेन्टाइनमा बस्ने भनेका थिए । तर होम क्वारेन्टाइनमा नबसी स्थानीयसँग घुलमिल गरेकाले संक्रमणको जोखिम बढेको भनिए पनि उनमा कोरोना नेगेटिभ देखिएको छ । 

कुनै लक्षण नदेखिएका ती युवाका परिवारका सदस्यमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिज नेगेटिभ आएको थियो । 

यता मण्डनदेउपुर नगरपालिका–३ का घर भएका अर्का युवा चैत्र ७ गते युएईबाट नेपाल फर्किएका थिए । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनी घर गएका थिए । कुनै लक्षण नदेखिएका उनमा आरडीटी किटबाट गरिएको परीक्षणमा भने कोरोना पोजिटिभ देखिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *