लकडाउन निगरानी गरिरहेको प्रहरी टोलीमाथि आक्रमण, एक जनाको हात छिनियो

वैशाख १, काठमाडौं। भारतमा लकडाउन पालना गराउन र निगरानीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ। पञ्जाव राज्यमा आइतबार बिहान भएको आक्रमणका क्रममा एक प्रहरीको हात छिनिएको छ। अन्य ६ प्रहरी गम्भीर घाइते भएको सीएनएनले जनाएको छ। 

प्रहरीहरु लकडाउनको पालना गरे नगरेको निगरानी गर्न सडकमा खटेका थिए। पतैला जिल्लामा प्रहरीले ७ जना सवार रहेको सवारीलाई रोकेका थिए। उनीहरु सिख समुदायको भएको बताइएको छ। तरकारी बजारमा उनीहरु सवार रहेको गाडी प्रहरीले रोकेर सवारी पास मागेका थिए। त्यसपछि एक जनाले तरबार झिकेर अन्धाधुन्ध प्रहार गरेको प्रहरीले बताएको छ। 

उक्त समूहको आक्रमणबाट हर्जित सिंह नामका प्रहरीको हात छिनिएको हो। आठ घण्टाको सर्जरीपछि उनको हात जोडिएको भारतीय सञ्जारमाध्यमले जनाइएका छन्। उनको अहिले अस्पतालमा उपचार भइरहेको छ। घटनापछि उक्त समूह भागेको तर अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।   

कोरोनाको त्रासपछि भारत लकडाउन गरिएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ९ हजार २ सय ४० पुगिसकेका छन्। ३ सय ३१ जनाको मृत्यु भएको छ। पछिल्लो समय संक्रमण तीव्र रुपमा बढ्न थालेपछि भारत सरकारले लकडाउनलाई थप कडा बनाउँदैछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *