चितवनमा पर्यटक भित्र्याउन साँस्कृतिक ग्राम निर्माण गरिदैँ

चैत २५ चितवन । चितवनको रत्ननगरमा होम स्टे सहितको साँस्कृतिक ग्राम निर्माण शुरू गरेको छ । रत्ननगर नगरपालिकाले पर्यटनको विकास गरि स्थानीयको आय आर्जन वृद्धि गर्ने उदेश्यले इको पार्क, होम स्टे र साँस्कृतिक ग्राम निर्माण सुरु गरेको हो । 

रत्ननगर ९ मा निर्माण गर्न लागिएको साँस्कृतिक ग्रामलाई होमस्टेको रुपमा विकास गरि पर्यटन प्रर्वधन गरिने मेयर नारायण वनले बताए । साँस्कृतिक ग्रामका लागि १ करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । साँस्कृतिक ग्रामको सोमवार रत्ननगरका मेयर नारायण वनले शिलान्यास गरेका छन् । 

नगर भित्र रहेका बिभिन्न जातजातिको घर त्यहाँ निर्माण हुनेछ । पहिलो चरणमा पाँच वटा घर निर्माण गरिने छ । आगामी वर्ष पाँच वटा घर थप गरिने छ । जहाँ थारु, चेपाङ, कुमाल, तामाङ, मगर आदि जातिको पहिचान, सँस्कृति झल्कने गरी घर निर्माण हुने मेयर वनले बताए । सौराहा घुमेर बस्न र रमाईलो गर्नका लागि साँस्कृतिक ग्राममा पर्यटकलाई ल्याउने वातावरण सृजना गर्नु पर्ने उनको भनाई छ । 

null

रत्ननगर ९ का वडाध्यक्ष रोशन आचार्यले इको टुरिजम पार्कसंगै साँस्कृतिक ग्रामले स्थानीयको आयआर्जनमा विकास भई नगरकै पहिचान दिलाउने विश्वास व्यक्त गरे । कुल सात बिगाहा क्षेत्रफल रहेकोमा ४ बिगाहा पिकनिक स्पटको रुपमा प्रयोग गरिदै आएको छ । इको पार्कसँगै साँस्कृतिक ग्राममा आकर्षक बगैँचा, भ्यु टावर, रेस्टुरेन्ट लगायत रहने वडाध्यक्ष आचार्यले बताएका छन् । साँस्कृतिक ग्राम स्थललाई यस अघि इको टुरिजम पार्कको रुपमा बिस्तार गर्ने योजना अनुरुप काम भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *