अब मृतकका परिवारले एकमुष्ठ सात लाख पाउँने

काठमडौं,असार २८ । सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई थप क्षतिपूर्तिको व्यवस्था गरेको छ । मृतक परिवारलाई सरकारले थप ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

मृतकका परिवारले अहिले ३ लाख क्षतिपूर्ति पाउँदै आएका छन् । मन्त्रिपरिषदको बैंठकले क्षतिपूर्ति रकम बढाएर ७ लाख रुपैयाँ पुुर्याएको  हो । सकभर यसै साताभित्र यो निर्णय राजपत्रमा प्रकाशित हुने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ । उक्त निर्णय कार्यन्वनलगत्तै मृतकका परिवारले सरकारले तोकेबमोजिम क्षतिपूर्ति रकम बुझ्नेछ भएका छन् ।

यससँगै बीमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले झण्डै २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *