सुनको भाउ बढ्यो, चाँदी स्थिर
मकालु खबर
२०७६ फागुन २० गते
फागुन २०, काठमाडौं । सोमबार स्थिर भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ७८ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७८ हजार ३ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी हिजो प्रतितोला ७७ हजार ७ सय रुपैंयामा कारोवार भएको तेजाबी सुन आज प्रतितोला ७८ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर भएको छ । सोमबार प्रतितोला ८ सय ६० रुपैंयामा बिक्रीबितरण भएको चाँदी आज पनि सोही मूल्य यथावत् रहेको छ ।
मकालु खबर
२०७६ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित