मेगा बैंक र गण्डकी विकास बैंक मर्ज हुँदै, मर्जरपछि मेगा बैंक ११ औं स्थानमा उक्लने

असोज ९, काठमाडौँ । मेगा बैंक लिमीटेड र राष्ट्रिय स्तरको गण्डकी विकास बैंक मर्ज हुने भएका छन् । मेगा बैंकको केन्द्रीय कार्यालय काठमाडाँैमा आयोजित एक कार्यक्रममा दुवै बैंकका अध्यक्षबीच प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै मर्ज हुने पक्का भएको हो ।   

मेगा बैंक लिमीटेडका संचालक समिति अध्यक्ष भोजबहादुर शाह र  गण्डकी विकास बैंकका संचालक समिति अध्यक्ष सुशील गौचनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई बैंक मर्ज भएपछिको नाम भने मेग बैंक नै रहने र बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि मेगा बैंककै रहने सहमति भएको श्रोतले जनाएको छ । 

दुई बैंकबीच मर्जरपछि मेगा बैंक नेपाल लिमीटेड कर्जा र निक्षेपको आकारको दृष्टिकोणले वाणिज्य बैंकहरुमध्ये ११ औं स्थानमा उक्लिनेछ । चुक्तापूँजी १३ अर्ब माथि हुने बैंकले जनाएको छ । मेगा बैंकले केही वाणिज्य बैंकहरुसँगै मर्जरमा जाने कोशिश गरेको थियो । तर, यो बाटो केही असहज हुने देखिएपछि बैंकले आफूभन्दा साना संस्थालाई गाभेर ठूलो बन्ने रणानीति अनुरुप गण्डकी विकास बैंकसँग मेगाले मर्ज भएको बताइन्छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *