गल्ति गर्ने प्रचण्ड तर कारबाही जर्नादनलाई !

काठमाडौं,असार २६ । नयाँशक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गृहमन्त्री जनार्दन शर्मालाई भर्खंरै सञ्चालनमा ल्याइएको १११२ टोल फ्रि नम्बरमा डायल नगरी सिधै सरकारसँग गुनासो नभई उनलाई कारबाही गर्न माग राखेका छन् ।

तत्कालीन उर्जामन्त्री जर्नादन शर्माले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको गेजुवा कम्पनीलाई दिने निर्णय खारेज गर्न माग गर्दै संयोजक भट्टराईले कारबाहीसहित ज्ञापनपत्र बुझाएका हुन् ।

शर्मासँग चिनियाँ कम्पनि गेजुवाबीच भएको समझदारी गैरकानूनी भएको भन्दै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माका टिमलाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध माग पेश गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पदबाट हट्नु केही दिन पूर्व ऊर्जामन्त्री शर्माको उपस्थितिमा सो समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यससँगै उक्त सम्झौता गैरकानुनी रहेको भन्दै संयोजक डा. बाबुराम भट्टराईले त्यसमा समझदारी गर्नेहरुलाई कारबाही गर्न माग गरेका हुुन् ।

ठेकेदार गेजुवाले ६० मेगावाटको त्रिशुली ३ ‘ए’ को कार्य समयमा सम्पन्न गरेको छैन । त्यस्तै चिलिमे जलविद्युत आयोजनाको निर्माण कार्य अलपत्र बनाएको, माथिल्लो साञ्जेन जलविद्युत आयोजनामा कालोसूचीमा परेको, ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण गर्न १० वर्षभन्दा बढी समय लगाएको भन्दै नयाँ शक्ति नेपालले आपत्ति जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *