अमेरिकामा चिसोका कारण २९ जनाकाे मृत्यु
मकालु खबर
२०७५ माघ २० गते
माघ २०, काठमाडौँ । अमेरिकामा चिसोका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
चिसो हावाका कारण तापक्रममा भारी गिरावट आएपछि कठयांग्रिएर २९ जनाको मृत्यु भएको हो ।
अमेरिकामा अझै पनि हिमपात जारी रहेको छ । यसअघि शिकागोको तापक्रम माइनस ३० सम्म पुगेको थियो । पानीलाई भकभकी उमालेर निकालेको केही सेकेन्डमा नै बरफ बन्ने स्थिती थियो । शिकागो नदी पनि पूरै जमेको थियो ।
null
समौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा निकै परिवर्तन आउने सम्भावना छ । केही हप्तापछि नै तापक्रम निकै वृद्धि हुने अनुमान गरिएको छ ।
केही इलाकामा तापक्रम २६ डिग्रीसम्म पुग्न सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । यहाँ बाढीको पनि सम्भावना पनि रहेको बताइएको छ ।
मकालु खबर
२०७५ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित