‘विप्लव’ समुहका चार कार्यकर्ताले दिए सामुहिक राजीनामा

भरतपुर, १३ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेकपाका चितवन जिल्ला समिति सदस्य मधु क्षेत्री लगायत चार जनाले पार्टीबाट राजिनामा दिएका छन् । राजिनामा दिनेमा जिल्ला इन्चार्ज मधु क्षेत्री, पार्टीमा अबद्ध रहेकी रामप्यारी श्रेष्ठ, राजकुमार बिक र श्रमनाथ पण्डित रहेका छन् । राजिनामा दिने मध्येका क्षेत्री भरतपुर महानगरपालिका–१० का इन्चार्ज समेत रहेका थिए । 

 

सरकारको प्रतिबन्ध कारण र स्वास्थ्यमा आएको समस्याका कारण आफुहरुले राजिनामा दिएकोे मंगलवार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरुले अब विप्लव नेतृत्वको नेकपा भित्र कुनै पदमा नरहेको विज्ञप्ति मार्फत जनाएका छन् । 

null

विप्लव समुहप्रति सरकारले निगरानी बढाएर नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । विप्लवका प्राय सबै नेता तथा कार्यकर्ता भूमिगत भएका छन् । प्रतिन्धपछि प्रहरीले विप्लवका सयौं नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *