ल है,मोनोरेल लिएर आयो महानगरपालिका !

काठमाडौं, असार २८ । काठमाडौं र ललितपुर महानगरपालिकाले हातोमालो गरेर अघि बढ्ने योजना बुनेका छन् । दुबैले संयुक्त रुपमा मानोरेलको सम्भाब्यता अध्ययनको काम अघि बढाउने योजना सार्वजनिक गर्न लागेका हुन् ।

उक्त योजनाका लागि भोलि बिहीबार काठमाडौं र ललितपुरको नगरसभा आयोजना गरिएको छ । उक्त सभामा सो प्रस्तावसँगै मोनोरेलको सम्भाब्यता अध्ययन अनुसन्धानको काम अघि बढाउने भइएको छ । भोलि बस्ते नगरसभामा आगामी वर्षको बजेट पेश गर्ने कार्यक्रम पनि तय भएको छ ।

बुधबार नै यस विषयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरीबाबु महर्जनबीच घनियभूत छलफल भएको थियो । दुबै मेयरबीचको छलफलपश्चात् पहिलो चरणमा काठमाडौंको बुढानिलकण्ठदेखि ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने निर्णय अघि सारिएको हो ।

यससँगै काठमाडौं महानगरपालिकाले राधनीमा मोनोरेल चलाउने सम्भाब्यताका लागि अध्ययन गर्न एउटा कम्पनीसँग सम्झौता गरिसकेको छ । वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच मोनोरेल चलाउने सम्भाव्यतारबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *