नेपाल पत्रकार महासंघका सदस्यको ट्याक्टर दुर्घटनामा मृत्यु

साउन २३, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा ट्याक्टर पल्टीँदा कुमारी बैंकमा कार्यरत एक कर्मचरीको मृत्यु भएको छ । 

बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर जिल्ला प्रशासन कार्यालय जाने सडकको खानेपानी ट्याङकी नजिकै ट्याक्टर दुर्घटना हुँदा कुमारी बैंकका कर्मचारी २८ वर्षीय समिर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

सडकबाट झण्डै ५० मिटर तल खसेर भएको ट्याक्टर दुर्घटनामा सख्त घाइते भएका विष्टलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । भागेश्वर गाउँपालिका–४ का स्थानियवासी बिष्ट नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका सदस्यसमेत रहेका थिए ।को मृत्युप्रति दुःख ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा, रेडियो अमरगढी र कुमारी बैंकले घटनाप्रति दुःख व्यक्त गर्दे शोक वक्तव्य जारी गरेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *