धरानको ज्ञानोदय विद्यालयमा छुवाछूत बिरुद्धको अभियान

माघ १९, धरान ।  धरान उपमहानगरपालिका अर्न्तगत दलित विकास समितिले माघ १९ गते धरान ११ स्थित ज्ञानोदय माध्यामिक विद्यालयमा छूवाछूत विरुद्धको स्कूल स्कूल अभियान सम्पन्न भएको छ ।   

विद्यालयका सहायक प्रधानाध्यापक देवकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा अभियान सम्पन्न भएको हो । उक्त क्रममा  प्रमुख अतिथि सहायक प्रधानाध्यापक श्रेष्ठले विद्यालय स्तरमा नै जातीय विभेद र छूवाछूत अभियान चलाएर विद्यार्थीलाई जनचेतना दिएको बताए । अभियान अति आवश्यक रहेको आफुले महशुस गरेको भन्दै विद्यालयमा विद्यालयमा मात्र नभई समाजमा कसैले पनि जातीय भेदभाव गर्न नहुने बताए । त्यस्तो भेदभाव गरेमा विद्यालयले समेत कार्वाही गर्नेमा जोड दिए ।   

कार्यक्रमका वक्ता दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले जातिय व्यवस्थाले नेपालका १२५ जातमध्ये २६ वटा जातिलाई दलित वर्गमा पारेको भन्दै दलित जात नभई अवस्था भएकोमा विद्यार्थीलाई सिकाए । आर्थिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पछाडी पारिएका जनसमुदायलाई दलित वर्गमा सूचीकृत गरेर उनीहरुको अवस्थामा सुधार ल्याउन सबै सचेत भएर अघि बढ्न जोड दिए । विद्यार्थी विद्यार्थीबीच भेदभाव नगर्नु, समाजमा पनि सम्झाउनु बुझाउनु र पनि मानेनन् भने हामीलाई खबर गर्नु भन्दै त्यस्ता जातीय भेदभाव गर्नेलाई ३ वर्ष कैद वा ३० हजार जरिवानाको कानूनी व्यवस्था रहेको समेत बताए ।   

दलित विकास समितिका सदस्य खगेन्द्र नेपालीले सञ्चालन गरेको उक्त अभियानमा सदस्य धनबहादुर हमालले स्वागत मन्तव्य राखेका थिए भने सदस्य रामधारी बासफोरले अतिथि तथा शिक्षकहरुलाई स्वागत गरेका थिए । अभियानले विद्यालयमा जागरण ल्याउनुका साथै सबैखाले भेदभाव र कुरितिको अन्त्य गर्ने प्रेरणा मिलेको शिक्षकहरुले प्रतिक्रिया दिएका छन् । कक्षा १ देखि कक्षा १० सम्मका हजारौं विद्यार्थी सहभागी भएको उक्त अभियान धरान उपमहानगरपालिका कार्यपालिका सदस्य तथा दलित विकास समितिका संयोजक किशोर परियारले अभियानको अध्यक्षता गरेका थिए । उनले धरानका १० वटा सामुदायिक विद्यालयमा यस आर्थिक वर्षमा अभियान सञ्चालन गरेको बताए । यस सँगै ६ वटा विद्यालयमा अभियान सम्पन्न भएको छ भने अब ४ वटा विद्यालयमा अभियान सञ्चालन गर्न बाँकी रहेको बताए । 

जातका आधारमा मान्छेले मान्छेलाई विभेद गर्न नहुने र भेदभाव गरेमा कार्वाही तथा सजाय हुने जानकारी दिन अभियानमा विद्यार्थी शिक्षक, कर्मचारी र अभिभावकहरुको सहभागिता गराइएको  दलित विकास समितिले जानकारी दिएको छ । हाँस्यकलाकार बिनोद रसाइली ‘जुरेली’ ले बिभिन्न नेता तथा कलाकारहरुको अभिनय गर्दै जातीय समानताको सन्देश दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *