रानीबारी लुटपाटमा संलग्न ३ पक्राउ

बैशाख ८, काठमाडौँ । गत चैत्र २६ गते काठमाडौँको रानीबारीमा भएको लुटपाटको घटनाका ३ आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । 

 

आरोपितहरुले रानीबारीमा लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी र घरको रेखदेख गर्ने मिठु थकाली सहित ३ जनालाई ‘जुटको डोरीले हातखुट्टा बाँधी कोठामा रहेको दराज तोडफोड गरेर गरगहना र नगद सहित गरी  रू ५ लाख ६० हजार बराबरको धनमाल लुुटेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन् । 

null

पक्राउ पर्नेमा चन्द्रागिरिका नवराज तामाङ, विक्रम श्रेष्ठ र नुवाकोटका दिपेश भनिने सन्तबहादुर तामाङ रहेका छन् । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

उनीहरुको साथबाट सुनको तिलहरी, बा २ ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ नम्बरको जीप प्रहरीले बरामद गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *