छोरीलाई खुर्पा प्रहारगरी गम्भिर घाइते बनाउने बाबु पक्राउ

 

जेठ २१, धादिङ । आफ्नै छोरीलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा एक बाबुलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेका छन् । 

प्रहरीका अनुसार धादिङकाे निलकण्ठ नगरपालिका–१४ आमबोटे बस्ने ४५ वर्षीय बलराम ओस्तीले आफ्नै छोरी १९ वर्षीया सुनिता ओस्तीलाई खुर्पा प्रहार गरेको हो । 

null

 खुर्पा प्रहारबाट गम्भिर घाइते भएकी सुनिताको शिक्षण अस्पताल महाराजगंज काठमाडौं मा उपचार भईरहेको प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार  आरोपी बलरामलाई सोमबार राती पक्राउ गरि कारवाही अघी बढाई छानबिन भईरहको तर घटना के कारणले भयो भन्ने कुनै तथ्य पत्ता लाग्न  सकिरहेकाे छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *