इपिएल क्रिकेटः अपराजित विराटनगर र भैरहवा भिड्दै, काठमाडौं र ललितपुरबिचको खेल पनि आजै

काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछ । बुधबार भैरहवा ग्लाडीयटर्स र विराटनगर वारियर्स तथा काठमाडौं किङस इलाभेन र ललितपुर प्याट्रीयट्सबीच खेल हुनेछ । 

टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवा र पारस खड्काको विराटनगरबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । 

जारी लिगमा दुई टोली अपराजित रहेको छ । दुई खेलमा ४ अंक जोडेको भैरहवा दोस्रो र समान अंकसहित विराटनगर तेस्रो स्थानमा छ । 

null

पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो । 

तेस्रो खेलका लागि मैदान उत्रदा दुवै टोलीले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।  यस्तोमा दुई टोलीबीचको खेल रोमान्चक हुने देखिएको छ । दुई टोली गत बर्षको फाइनलिस्ट समेत हो । विराटनगरले भैरहवालाई हराएर उपाधि जितेको थियो । 

यस्तै बुधबार हुने दोस्रो खेलमा सोमपाल कामीको काठमाडौंविरुद्ध शीर्ष स्थानको ललितपुरले प्रतिस्पर्धा गर्दैछ ।  दुई टोलीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ । 

यस खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरको यो चौथो खेल हो ।  ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ ।  यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ । 

पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो ।  

यता, काठमाडौंको भने यो दोस्रो खेल हो । काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *