प्रतिनिधिसभा बैठकः प्रधानमन्त्रीसहित ६ मन्त्रीले राख्दैछन् यस्तो प्रस्ताव (LIVE)

 

जेठ ८, काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बुधबारको बैठक सुरु भएको छ । 

११ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्रीसहित ६ मन्त्रीले विभिन्न विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव राख्दैछन् । 

null

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण’ (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुने भएको छ । 

त्यसैगरी गृह मन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजन विधेयक, २०७५, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधयेक, २०७५, ‘औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले (ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५, अर्थ मन्त्री युवराज खतिवडाले (नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव संसदमा प्रस्तुत गर्नेछन् । 

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव आजकै बैठकमा पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *