जनताको मुहारमा खुशी झल्कने गरी विकास निर्माण गरिनेः मुख्यमन्त्री राई

विराटनगर, चैत १० । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताको मुहारमा खुशी झल्कनेगरी विकास निर्माणका योजना अघि बढाईने वताएका छन् । 

प्रदेश एक भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा विराटनगरमा आइतबारदेखि शुरु भएको आर्थिक वर्ष २०७५÷७६ को दोश्रो चौमासिक प्रगति समिक्षा वैठकलाई संवोधन गदै उनले जनतालाई केन्द्र विन्दु मानेर प्रतिफल आउनेगरी विकास निर्माणका योजना वनाउनुपर्नेमा जोड दिएका हुन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी समेत समाल्हेका मुख्यमन्त्री राईले विगतमा वनेका कतिपय योजना कागजमा मात्र सिमित हुने गरेकाले समयमा काम सम्पन्न हुने र त्यसको प्रतिफल जनताले पाउने खालको योजना वनाउनु आवश्यक रहेको बताए । 

null

 

उनले प्रदेशमा भईरहेको विकास निर्माणकालागि प्रदेश सरकारले अधिकार सम्पन्न अनुुगमन समिति गठन गर्न लागेको समेत वताए । मुख्यमन्त्री राईले सो समितिले विकास निर्माणका योजनाहरुको सुक्ष्म रुपमा अनुगमनगर्ने उल्लेख गरे । 

उनले प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका विषयमा कुनैपनि ढिलासुस्ती हुन नदिने बताए । प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताको आकांक्षा जोडिएका विकास निर्माणमा नतिजा आउनेगरी काम गर्नुपर्ने बताए । 

मन्त्रालयका सचिव सागरकुमार राईले मन्त्रालयमा दक्ष कर्मचारीको व्यवस्थापन नहुुँदा चाहे जस्तोगरी कामले गति लिन नसकेको बताए । दुई दिनसम्म चल्ने वैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख तथा इन्जिनियरहरुको सहभागिता छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *