डडेल्धुरामा बस दुर्घटना हुँदा २३ जना घाइते

 

चैत २७, डडेल्धुरा । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नम्बरको रात्रिबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । 

बुधबार बिहान २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी नजिकै बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

null

घाइते सबैको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ भने गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी लगिएको छ । 

दुर्घटना हुनुको कारण खुल्न बाँकी रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *