‘वीपीलाई राप्रपाले अपहरण गरेछ !’

 

असार १०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिद्धान्तमाथि व्यंग्य गरेका छन् । 

नेता थापाले वीपीलाई राप्रपाले अपहरण गरेको भन्दै व्यंग्य गरेका हुन् । 

null

आइतबार (असार ८ गते) केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले राप्रपाले वीपी कोइराला, पृथ्वी नारायण शाह र श्री ५ महेन्द्रको सिद्धान्त पछ्याउने बताएका थिए । 

‘राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको दिब्य उपदेश, श्री ५ महेन्द्रको राष्ट्रवाद र जननेता वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने’ राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो । 

गगन थापाले राप्रपाको सिद्धान्तको व्यंग्य गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वीपीलाई अब राप्रपाले अपहरण गरेछ ! पहिले अपहरित विपीको रक्षा गर । डाक्टर साब, चिन्ता नगर्नूस् । विपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईंको ‘जनसरकार’ को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन ।’ 

“विपीलाई अब राप्रपाले अपहरण गरेछ! पहिले अपहरित विपीको रक्षा गर”डाक्टर साब, चिन्ता नगर्नूस् । विपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईंको ‘जनसरकार’को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *