नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हात हालाहाल

पुष २८, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सोमबार भएको वार्षिक साधारणसभामा लगानीकर्ताबीच हात हालाहाल भएको छ । सभामा बोल्दै गर्दा बैंकका दुई लगानीकर्ता शिवप्रसाद पौडेल र चन्द्रनारायण श्रेष्ठबीच हात हालाहाल भएको हो । 

बैंकले दिएको लाभांश र बैंकको खर्चबारे बहस हुँदा पौडेलले श्रेष्ठलाई हातपात गरेका हुन् । 

बैंकका शिवप्रसाद श्रेष्ठले बैंक ३३ वर्ष पुगेको उपलक्ष्यमा लगानीकर्ताले ३३ प्रतिशत नै लाभांशको आशा गरेको तर बैंकले कम लाभांश दिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । साधारणसभामा लगानीकर्ताको नेतृत्वगर्दै श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकभन्दा एनआइसी एसिया बैंक राम्रो भएको बताएका थिए ।   

यत्तिकैमा पौडेलले श्रेष्ठलाई कम बोल्न सुझाव दिए । तर उनले पौडेललाई ठिमिलेली भनेर सम्बोधन गरेको र स्थानका आधारमा होच्याएर बोलेको भन्दै पौडलेले श्रेष्ठमाथि हातपात गरेको श्रोतले बतायो ।   

पौडेलले अर्को वर्ष बैंकले ४० प्रतिशत लाभांश दिन आग्रह गर्दै बैंकले जलविद्युत क्षेत्रमा लगानी गर्दा सचेत हुन आग्रह पनि गरे । अन्तर्राष्ट्रिय कानूनमा ध्यान दिन आग्रह गर्दैै उनले बैंक ग्यारेन्टी बस्ने कुरामा ध्यान दिन आग्रह गरे गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *