प्रधानमन्त्रीसँग गोपाल किराँतीको १८ बुँदे माग, पुरा नभए भीषण सडक आन्दोलन

असोज ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै संविधान पुर्नलेखन गर्नुपर्ने बताएका छन् । १८ बुँदे माग अघि सार्दै संविधान पुर्नलेखन गर्नुपर्ने बताएका हुन् ।   

संविधानको समाजवादी पुनर्लेखनबारेको चेतावनीपत्रमा  वर्तमान संविधानले समाजवाद उन्मुख स्वरुपमात्रले नेपालको राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाको अग्रगामी नेतृत्व दिन असक्षम ठहरिएको उनको भनाइ छ ।   

‘डबल नेकपाको सरकारद्वारा थोपरिएको भ्रष्टाचार, राष्ट्रघात, फासीवादका ज्यादतीहरु देश र जनताका निमित्त भयानक संकट बनिरहेको जनाएका छन् । संविधानको कमजोरी र सरकारी ज्यादतिद्वारा उत्पन्न प्रतिक्रान्तिकारी संकट सामना गर्ने जमर्को गरिरहेका विभिन्न कम्युनिष्ट शक्तिहरुमध्ये विप्लव नेकपाविरुद्ध सरकारी प्रतिबन्ध र हत्याश्रृंखलाले संविधानको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।’, किरातीद्वारा जारी चेतावनी पत्रमा उल्लेख छ ।   

नेपाली मजदुर–श्रमिक, कृषि श्रमिक र पुँजीपति वर्गको जनसंख्या ठोस गरी मजदुर जनसंख्या, कृषि श्रमिक जनसंख्या र पुँजीपति जनसंख्याको अनुपातमा समग्र वर्गीय निर्वाचन प्रतिनिधित्व प्रणाली सुनिश्चित गर्नुपर्ने उनको माग छ ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *