घाँस काट्न जाँदा हात्तीको आक्रमणः एकको मृत्यु, एक बेपत्ता

मंसिर १२, चितवन । चितवनको माडी नगरपालिका ९ स्थित रिउ खोलामा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । 

माडी नगरपालिका ९ निवासी ३५ वर्षीया सुशीला भण्डारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी घाँस काट्नको लागि रिउ खोला किनार गएकी थिइन् । उनको खोला किनारमै शव भेटिएको प्रहरीको भनाइ छ । 

उनीसँग घाँस काट्न गएकी ६० वर्षकी तृष्णाकाली पौडेल बेपत्ता भएकी चितवन प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको र हालसम्म उनको अवस्था पत्ता नलागेको प्रहरीको भनाइ छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *