कांग्रेस र राजपाले रोष्टम घेरेपछि संसद बैठक स्थगित

  

असार २४, काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् । 

सर्लाही घटनालाई लिएर कांग्रेस र राजपा सांसदहरुले मंगलबारको संसद बैठक अवरुद्ध गरेका हुन् । 

null

सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए । 

संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले यसको जवाफ पनि दिएका थिए । उनले सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको र प्रहरीसँगको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको स्पष्टिकरण दिएका हुन् । 

तर गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन माग गरे । 

सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । सांसदहरुले अवरोध कायमै राखेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *