भूकम्प पीडित कृषकले पाए दुई करोड आधुनिक कृषि प्रविधि

भक्तपुर, २८ असार । जिल्ला कृषि विकास कार्यालय भक्तपुरले राष्ट्रिय पुनःनिर्माण कोष कार्यक्रमअन्तर्गत भूकम्प पीडित कृषकलाई रु दुई करोड नौ लाख बराबरको आधुनिक कृषि प्रविधि हस्तान्तरण गरेको छ ।

आज भक्तपुरको सल्लाघारीमा आयोजना गरेको कृषि औजार उपकरणको सार्वजनिक एवम् हस्तान्तरण कार्यक्रममा भूकम्प पीडितहरूलाई प्रविधि हस्तान्तरण गरिएको हो ।

कार्यालयले भूकम्प पीडित कृषक, कृषक समूह, सहकारी र विभिन्न कृषि फार्मबाट कोषको ९० प्रतिशत अनुदानमा खरिद भएका त्यस्ता सामाग्रीको बृहत प्रदर्शनी गर्दै हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिए ।

कार्यालयले ७९ लाखमा खरिद गरेको १०३ वटा खेत खन्ने मिनि टिलर, रु ७२ लाखमा खरिद गरेको ९४ थान धान गहुँ झार्ने थ्रेसर, रु १४ लाख ५५ हजारमा खरिद गरेको १२१ थान मकै छोडाउने विद्युतीय मेसिन, रु १८ लाखमा खरिद गरेको ६० थान प्लाष्टिक पोखरी, रु १९ लाख २० हजारमा खरिद गरेको थोपा सिँचाइ र रु पाँच लाखमा खरिद गरेको एक हजार ५५३ बोरा अन्न भण्डार गर्ने बोरा प्रर्दशन गरी वितरण गरिएको उनले बताए ।

सार्वजनिकरुपमा आह्वान गरिएको सूचनाका आधारमा आवेदन आएका भूकम्प पीडितमध्ये पीडितको रातो परिचयपत्रका आधारमा र पीडित भएका समूहलाई छनौट गरी आधुनिक कृषि प्रविधिका सामाग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख ढुङ्गानाले बताए ।

भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका कृषक प्रविधिबाट लाभान्वित भएको र यसले आगामी वर्षमा कृषिको उत्पादनमा ठूलो टेवा पु¥याउने उनले बताए ।

कार्यक्रममा कृषि मन्त्रायलका सचिव डा सुरोज पोखरेलले वितरित आधुनिक प्रविधिले भूकम्प पीडित कृषक कृषिमा आत्मनिर्भर हुने र आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन मद्दत पुग्नेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *