विजयपुरको अस्तित्व मेट्न नदिने संघर्ष समितिको चेतावनी

धरान, चैत १२ । हजारौं वर्ष पुरानो ईतिहास बोकेको विजयपुरको अस्तित्व मेट्न नदिने स्थानीयले चेतावनी दिएका छन् । विजयपुर दरबार परिसर संरक्षण समितिले धरान नगरपालिकाले खानेपानी ट्याङ्की निर्माणको नाममा विजयपुरको अस्तित्व नै समाप्त पार्न लागेको भन्दै अस्तित्व जोगाउन जस्तोसुकै संघर्ष गर्ने जनाएको छ ।

राष्ट्रिय सम्पदा बिजयपुर दरबार परिसरको संरक्षणका लागि भन्दै सर्घष समितिको आयोजनामा सोमबार पानी ट्याङ्की निर्माण स्थलमा अनसन समेत बसेका थिए ।

सर्घष समितिका सचिव प्रदिप न्योङले बिजयपुर दरबार क्षेत्रमा निर्माण हुन लागेको खानेपानीको ट्याङ्की निर्माण रोक्न जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए । उनले अब आन्दोलनको स्वरुप कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल गर्न समितिको बैठक बसी छलफलमा जुट्ने र पर्सि बुधबार सम्ममा नगरपलिकाले मागहरु सम्बोधन नगरे झन् कडा आन्दोलनका कार्यक्रमहरु गर्ने जानकारी दिए ।

हजारौं वर्ष पुरानो इतिहास बोकेको बिजयपुर राज्य, त्यस वरपर रहेका अन्य ऐतिहासिक सम्पदाहरूको खोज अनुसन्धान, प्रचारप्रसार र संरक्षण हुन नसक्दा यहाँको अस्तित्व सङ्कटमा परेको सङ्घर्ष समितिका संयोजक थाम्सुहाङ लावतीले बताए ।

उनका अनुसार संर्घष समितिले पटक पटक बार्ताबाट सामाधान खौजौ भन्दा उपमहानगरपलिकाले जबरजस्ती काम थालेकाले काम रोक्नुका साथै अनसन बस्नुपरेको हो ।

उता धरान उपमहानगरपलिकाद्धारा संर्घष समितिलाई कार्यालयको तर्फबाट भोली मंगलबार बिहान ११ बजे वार्ताका लागि पत्र पठाएको जानकारी दिंदै धरान उपमहानगरपािलकाका मेयर तारा सुब्बाका प्रेस सल्लाहकार योगेश बाबु काफ्लेले वार्ताबाटै सहमती खोजिने बताए । खानेपानी ट्याङ्की निर्माण कार्य भने नरोक्ने नगरपालिकाले जनाएको छ ।

तर, संघर्ष समितिले नगरपालिकाले वार्ताका नाममा अल्झाउन खोजेको आरोप लगाएको छ ।

केही दिन अघि मात्र धरान नगरपालिकाले खानेपानी ट्याङ्की निर्माणका लागि काम शुरु गर्दा संघर्ष समितिले अबरोध गरेको थियो । उनीहरुले निर्माण कार्यमा प्रयोग भएको डोजर समेत तोडफोड गरेका थिए ।

यता, नेपाली कांग्रेसले संघर्ष समितिलाई समर्थन गरेको छ । कांग्रेस क्षेत्र नं १ सुनसरीद्धारा प्रेसित वक्तव्यमा धरान नगरपालिकाले अनावश्यक रुपमा स्थानीयमाथि बल प्रयोग गरेको भनेर विरोध जनाएको छ ।

हालको धरान उपमहानगरपािलका १४ तत्कालीन बिजयपुर दरबार राज्यमा पर्ने विभिन्न पौराणिक तथा ऐतिहासिक स्थलहरू भग्नावशेष दरबार, ढुंगेधारा, पार्टीपौवा, आदि क्षेत्रको संरक्षण, सम्बद्र्धन, पुनःनिर्माण र प्रचारप्रसार गर्न सके एतिहासिक र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा समेत विकास हुने स्थानीय बासिन्दाहरु बताउछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *