नगरपालिकामा बम राखेको अरोपमा विप्लवका महोत्तरी सेक्रेटरी पक्राउ
मकालु खबर
२०७६ असोज ३ गते
असोज ३, काठमाडौँ । महोत्तरी प्रहरीले नगरपालिकामा कुकर बम राखेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी भीम बहादुर आलेलाई पक्राउ गरेको छ ।
पक्राउ परेका आलेमाथी केही महिना अघि बर्दिवास नगरपालिकामा कुकर बम राखेको आरोप लागेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
गएराती पक्राउ परेका उनलाई प्रहरीले उनकै घर गौशाला नगरपालिका वडा नं. ८ बाट नियन्त्रणमा लिएको हो ।
हाल ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको उनीमाथी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइने प्रहरी उपरिक्षक अधिकारीले जनाएका छन् ।
करिब डेढ महिना अघि यसै मुद्दामा महोत्तरीका इन्चार्ज रुक बहादुर कार्की पक्राउ परेका थिए र हाल कार्कीमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित