पोखरा प्रिमियर लिगः एक्सपर्ट धनगढीमाथि चितवन राइनोजको फराकिलो जित

कात्तिक १४, काठमाडौँ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत बुधबारको पहिलाे खेलमा चितवन राइनोज विजयी भएको छ । 

पारस खड्काको टिम चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टीम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरी विजयी भएको हो । 

चितवनले दिएको १९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले १६.२ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन मात्रै बनायो । 

null

चौथो ओभरको चौथो बलमा टिमले ७ रनको स्कोर मात्रै बनाउन सक्यो । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने सौरभ खनाल ८, योगेन्द्रसिंह कार्कीले १७ र विदेशी खेलाडी पिटर ट्रेगोले २७ रन बनाए । दिलिप नाथ शुन्य रनमै आउट भए । 

बलिङतर्फ चितवनका लागि सुन्नी पटेलले ४ विकेट लिए भने भुवन काकी र स्मित पटेलले समान २–२ विकेट हात पारे । 

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन जोडेको थियो। 

चितवनका लागि ओपनर हरिशंकर साहले ५३ रन बनाए । ३३ बलमा उनले ६ चौका र ३ छक्का जोडे। यस्तै अनिलकुमार साहले ३७, सन्नी पटेलले २६, स्मिथ पटेलले २४ तथा कप्तान पारस खड्काले १९ रन जोडे। 

धनगढीका दीपेन्द्रसिंह एेरी, डेविड लरेन्स, योगेन्द्रसिंह कार्की र मन्जित श्रेष्ठले समान १–१ विकेट लिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *