एनआईसी एशिया बैंकका ग्राहकलाई समितिभेज हस्पिटलले ५ प्रतिशत छुट दिने
मकालु खबर
२०७६ असोज ३० गते
असोज ३०, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच बैंकका VISA अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रा.लि.को तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७६ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित