सोनिया गान्धी अस्पताल भर्ना, के भएको हो उनलाई ?

माघ २०, नयाँ दिल्ली । भारतीय काँग्रेस पार्टीकि अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई आइतबार दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।  

भारतीय सञ्चार माध्यमका अनुसार अध्यक्ष गान्धीलाई नियमित चेकजाँचका लागि अस्पताल भर्ना गरिएको हो ।  

सोनिया गान्धी एक भारतीय राजनीतिज्ञ हुन्, जो सन् १९९८ देखि हालसम्म भारतीय काँग्रेसको अध्यक्षको जिम्मेवारी वहन गर्दै आएकी छिन् ।  

Image result for सोनिया गांधी अस्पताल भर्ना

उनी भारतका भूतपूर्व प्रधानमन्त्री नेहरू गान्धी परिवारका राजीव गान्धीकी श्रीमती हुन् । उनको श्रीमानको सन् १९९१ मा हत्यापछि उनले सन् १९९७ मा राजनीतिमामा प्रवेश गरिन् र सन् १९९८ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष भइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *